उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने
खबर एक्सप्रेस
२०७९-०१-०२ ०७:३० मा प्रकाशित
Total Shares: 200
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ ।
कांग्रेसले आज शुक्रवार विज्ञप्ति निकालेर उत्कृष्ट अडियो/भिडिओ बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । प्राप्त गीतमध्ये दर्शक, स्राेता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताउनुभयो ।
तयार पारिएको अडियो/भिडियोको लिङ्क कांग्रेस स्थानीय निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतकाे सांस्कृतिक समन्वय समितिको फेसबुक पेजमा पठाउन सकिने कांग्रेसले जनाएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस