काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग स्टेट पार्टसिप प्राेगाम (एसपीसी) अन्तर्गत गर्ने भनिएको सम्झौताको डकुमेन्ट सही नभएको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आज (शुक्रबार) सहभागी हुँदै उहाँले १० बुँदे सम्झौताको मस्यौदा भनेर जनतालाई भ्रम छर्न खोजिएको बताए ।

एसपीपीको १० बुदे डकुमेन्ट सहि होइन, जनतामा भ्रम पार्न खोजियो शर्माकाे तर्क छ । सेनाले सरकार र विज्ञसँग छलफल नगरी केही गर्दैन भन्दै प्रधान सेनापति शर्माले एसपिपीको १० बुँदे डकुमेन्ट कसले किन ल्याएको भन्ने सेनालाई केही थाहा नभएको प्रष्ट पारे।

उनले एसपिपी सेनाका लागि पनि मान्य छैन् भन्दै सरकारी तहबाट आएको पनि छैन कुनै पनि सैन्य गठबन्धनमा जानु हुन्न भन्नेमा सेना स्पष्ट रहेको बताए। सेनाले २०७२ साल कात्तिक १० गते पठाएको पत्र सैनिक तालिमसँग सम्बन्धित नरहेको पनि उनले प्रष्ट पारे ।