बर्दियामा हात्तीको आक्रमणमा एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०८१-११-२९ ०८:५८ मा प्रकाशित
Total Shares: 170
बर्दिया - ठाकुरबाबा नगरपालिका–२ बलातीमा गएराति हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राती करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको हो।
हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षिय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताए।
हात्तीले खेतवारीमा लगाएको गहु‘वाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जानकारी दिए।
हात्तीको आक्रमणपछि स्थानीय आक्रोसित भएका छन्। उनीहरुले पूर्व पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस