काठमाडौं - एसीसी १९ वर्षमुनिको पुरुष एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ ।

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएको हो। नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३ विकेट लिए ।

यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाए ।

नेपालका सन्तोष यादवले ४ विकेट लिए । यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् ।