पुनः म्याद थपका लागि रविलाई आज अदालतमा उपस्थित गराइँदै
पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइँदै छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो।
उक्त म्याद शुक्रबार (मंसिर २१ गते) राति नै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौँपटक म्याद थप्न लागिएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीवरुद्ध फेरि हिरासत म्याद थप्न लागिएको हो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो।
यसबीच लामिछानेलाई बुटवल, चितवन, काठमाडौंका तीन छुट्टाछुट्टै सहकारी ठगी आरोपमा पनि ती स्थानमा लगेर बयान लिइसकिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस