स्रोत नखुलेको एक करोड रूपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ
खबर एक्सप्रेस
२०७७-०७-१८ ११:२० मा प्रकाशित
Total Shares: 434
काठमाडौं - स्रोत नखुलेको एक करोड रूपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका बिकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल रहेका छन् ।
उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए ।
रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस