सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित
खबर एक्सप्रेस
२०७७-०२-०५ ०७:३८ मा प्रकाशित
Total Shares: 428
काठमाडौं - नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ।
परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्साको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ।
सरकारलाई भारतले अतिक्रमण गरेको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरे जारी संसदीय समितिले पनि पटक पटक निर्देशन दिएका थिए।
जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्टपति विद्यादेवी भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै ती भूमि फिर्ता गर्ने बताएकी थिईन् ।
फेसबुक पेज Like गर्नुहोस