काठमाडौं - दोलखा जिल्लाको बिगु गाउँपालिका साविकको चिलङ्खा गाविस र खोपाचागुबाट ठुलो सङ्ख्यामा एमाले परीत्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । प्रवेशीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका युवा नेता विशाल खड्काले स्वागत गरेका थिए।

प्रवेश गर्नेहरूले एमालेबाट विकास र समृद्धि सम्भव नभएको र अब विकास र समृद्धिका काम युवा नेता विशाल खड्काले गर्ने बताएका छन्।प्रवेश गर्नेहरूमा चिलङ्खाबाट जगत बहादुर खड्का, ठङ्कर बहादुर खड्का, अर्जुन खड्का, खिम बहादुर खड्का, नारायण बहादुर खड्का लगायत ६० जनाको सङ्ख्यामा रहेका छन् । त्यसैगरी खोपचागुबाट जय खड्काको नेतृत्वमा करिब २५ जनाले पार्टी प्रवेश गरेका छन् ।

ठूलो सङ्ख्यामा पार्टी प्रवेश गरेका प्रवेशीहरुलाई स्वागत गर्दै प्रतिनिधिसभाको उम्मेदवार विशाल खड्काले अब नेपाली कम्युनिष्ट पार्टीको जित कसैले रोक्न नसक्ने बताएका छन् ।

फोटोहरू