काठमाडौं - साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा भुटानविरुद्ध ७–० गोलको फराकिलो जित दर्ता गरेको नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो ।

खेल दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेशले पनि पहिलो खेलमा भुटानविरुद्ध ८–० को फराकिलो जित निकालेको थियो ।

नेपाल र बंगलादेश उस्तै टोली भएकाले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा ३ टोलीको मात्रै सहभागिता रहेको छ ।

डबल राउण्ड रोविन लिगका आधारमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । बंगलादेश र नेपालको समान ३ अंक रहेको छ ।

बंगलादेश शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा छ । भुटानले कुनै पनि अंक जोडेको छैन ।