बिहिबार फेरि बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०७-०६ १२:१२ मा प्रकाशित
Total Shares: 565
काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९५ हजार २ सय रुपैयाँ रहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस