काठमाडौं-नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको उक्त बैठकले चितवन क्षेत्र नम्बर २ मा पार्टीका पूर्व जिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।