काठमाडौं - नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।

आइतबार दिउँसो पूर्व प्रधानमन्त्री खनाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन ।

पूर्व प्रधानमन्त्री खनालले ओलीको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गासँग जानकारी लिएको थिए ।

खनालसँगै नेकपाका नेता अमृतकुमार बोहरा, राजेन्द्र गौतम, अनेरास्ववियूका संयोजक ऐन महर, नेतृ सुनिता बराल लगायत पनि अस्पतालमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार दिन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।