कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त
खबर एक्सप्रेस
२०७७-०६-२० ०२:०० मा प्रकाशित
Total Shares: 387
काठमाडौं - नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नाे ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।
प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनज्यूले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंक लि. को विज्ञापन सार्वजनिक गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस