इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न आदेश
काठमाडौं - सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर तथा भाषा प्रयोग नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता रामबहादुर राउत, रामेश्वर राउत मातृदासलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट निवेदनमा नेपाली सवारी साधनको नम्बर प्लेटमा विदेशी भाषा प्रयोग गर्नु संविधान, राष्ट्रिय पहिचान तथा नेपाली भाषाको संरक्षणसँग सम्बन्धित विषय भएको दाबी गरिएको थियो ।
यसअघि तत्कालीन सरकारले २०८२ असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस