काठमाडौं - आज साताको तेस्रो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ ।
हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा एक सयले घटेको हो । छापावाल सुन आज प्रतीतोला ७५ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, तेजावी सुन तोलाको ५७ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको छ । चाँदी भने, तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ ।

.gif)


