पेट्रोलियम पदार्थको मूल्य वृद्धि: डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो
खबर एक्सप्रेस
२०८०-०४-३० ०८:४२ मा प्रकाशित
Total Shares: 156
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।
मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
फेसबुक पेज Like गर्नुहोस