काठमाडौं - पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको मन भावविहाल भयो । मसुराले सबभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देविलाई बोलाईन् । त्यसपछि गाउँका सबै मान्छे जम्मा भए ।

गोठमा गोरु फुकेको र गोरु बान्ने ठाउँपछाडी उनी लडेकोले केहिले गोरुले हानेर लडेको अक्कल गरे । तर धेरैले यो कुरा पत्याएनन् । मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर ग¥र्यो । तर बुटबल लैजाने रकम अभाव भयो । परिवारले कौशिलालाई पुन तम्घास ल्याए । अन्तत भाडा उठाएर भएपनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्यान गयो । ‘चिच्याएको सुनेपछि म आए, रक्ताम्य अवस्थामा लड्नुभएको थियो ।’ मसुराले भनिन्, ‘गोरुले हानेको भनेपनि अवस्था त्यस्तो थिएन ।’

यसरी भयो हत्या

सोहि दिन दिउसोँ तत्कालिन घाइते र हाल मृतक भनिएकी कौशिलाकी आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको हत्या गर्ने र गहना लुट्ने योजना बनाउछन् । योजनाअनुसार लक्ष्मीले गोरु फुकाईन् र चिर्पट दाउरो लिएर लुकेर बसिन् । देवीले गोरु फुकेको जानकारी सासुलाई गराउछिन् ।

फुकेको गोरु समाउन कौशिला जाँदा चिर्पट दाउराले हानेर भुँइमा लगाउछिन् । देवीले चाँहि कोहि मानिस आउलाकी भनेर बाटोतिर हेर्छिन । कोहि नआएपछि उनीहरुलाई पनि गहना लुट्ने समय मिल्यो । अनि बुलाकी, मडाउरी लगायतका गहना दुवै मिलेर लुट्छन् । कौशिलाको ज्यान गएको ठहरपछि लक्ष्मी आफ्नै घरतिर लाग्छिन् भने देवी थाहा नपाएझै गरी घरभित्र बस्छिन् । अन्तत देवीलाई पनि छिमेकी मसुराले खबर गरेपछि मात्र उनले सासु लडेको देखेको नाटक गरेको प्रहरीको बयानमा बताएकी छिन् । 

राजधानी दैनिकबाट