काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगिरहेको बेला खुमलटारमा प्रधानमन्त्री ओलीको सन्देश लिएर गएका उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल दौडधुप जारी रहेको छ । पार्टी अध्यक्ष प्रचण्डसँग छलफल सकेर उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निबास पुगेका छन् । 

पार्टीभित्रको विवाद बढ्दै गएपछि एकता नै संकटमा परेपछि पोखरेल समस्या समाधानका लागि दौैडधुप गरिरहेका छन् । 

उनले दुई अध्यक्षबीचको रिक्तता कम गर्न प्रयास गरिरहेका छन् । भोलि हुने सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । उक्त बैठक अगाडि उनको दौडधुपलाई निकै अर्थपुर्ण रुपले हेरिएको छ । 

पार्टीभित्रकै नेताहरुले पार्टी एकता संकटमा परेको बताउँदै आइरहेका छन् । यसको असर तल्लो निकायमा पनि देखिएको छ ।