सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
खबर एक्सप्रेस
२०८०-०८-२४ ११:५२ मा प्रकाशित
Total Shares: 119
काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस