विज्ञान पढ्ने छात्रालाई मासिक एक हजार छात्रवृत्ति
काठमाडौं – कक्षा ११ मा विज्ञान विषयमा अधयन गने सबै छात्राहरुलाई प्रदेश ५ सरकारले मासिक एक हजारको दरले छात्रवृत्ति दिने बताएको छ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार विज्ञान विषयमा छात्राहरुको आकर्षण बढाउने उद्देश्यले छात्राहरुलाई हरेक महिना एक हजार नगद छात्रवृत्ति दिन ४ करोड बजेट छुट्याइएको बताएका छन्। मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्राले छात्रवृत्ति पाउनुका साथै अनमी र अहेब अध्ययनका लागि पनि मुस्लिम तथा अल्पसंख्यक समुदायका ४० जना छात्रालाई छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था गरिएको छ ।
प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमूना विद्यालय निर्माण गरी,आवश्यकता अनुसार नमूना विद्यालयमा भौतिक पुर्वाधार निर्माण तथा एक जना नर्स र खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।
अघिल्लो वर्ष शिक्षा क्षेत्रको विकास कार्यक्रमहरुका लागि ५५ करोड बजेट छुट्याइएको प्रदेश ५ सरकारले यस पटक ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस