काठमाडौं - सबै मौसम र हरेक किसिमका पर्यटकका लागि नेपाल उपयुक्त गन्तव्य भएको सन्देशसहित बुधवार नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भएको छ  ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको दीप प्रज्वलन गर्दै भ्रमण वर्षको उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा उनले भ्रमण वर्षको ‘मस्कट’का रूपमा यती (हिममानव) को आकृति अनावरण पनि गरिन् ।

 गोरखापत्र दैनिकबाट