काठमाडौं - काठमाडौं उपत्यकामा मात्रै एक हजार दुई सय ९६ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा १६ सय ८४ जना नयाँ संक्रमित भेटिएको बताएका छन्।
गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै १२ सय ९६ जना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा २ सय ९३ र भक्तपुरमा ९५ जना नयाँ संक्रमित भेटिएका हुन्।
आज देशभर ३४ सय ३९ जना संक्रमित थपिँदा केलब ११ सय २६ जना डिस्चार्ज भएका छन्।

.gif)


