काठमाडौं - आज तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।