दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठककाे निर्णय
काठमाडौं - सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार कार्यालय समय पनि बढाइएकाे छ । अब कार्यालयहरू बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म खुल्नेछन्।
विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।



.gif)



फेसबुक पेज Like गर्नुहोस