जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता
खबर एक्सप्रेस
२०७८-०२-०४ ०४:११ मा प्रकाशित
Total Shares: 312
काठमाडौं - जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए । संसद सचिवालयले उक्त पत्र दर्ता गरेको हो ।
ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी गराएका छन् ।
यसअघि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच महतोलाई दिइएको संसदीय दलको नेता पद फिर्ता लिने सहमति भएको थियो । तर, केही घण्टामै सहमति तोडिएको हो ।
फेसबुक पेज Like गर्नुहोस