बागमती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह र बानियाँको उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०८२-०४-१५ १२:०२ मा प्रकाशित
Total Shares: 24
काठमाडौं-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ ।
उम्मेदवारको प्रारम्भिक नामावली ११:३० बजे प्रकाशित गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो ।
कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस