काठमाडौं - सामाजिक सञ्जालमा प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले एक महिलामाथि लाठी बर्साएको भिडियो भाइरल भएसँगै सर्वत्र विरोध भएपछि दबाबमा परेको नेपाल प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई परिसर झिकाएको हो ।

केही दिन अगाडि प्रहरी निरिक्षक पौडेलले नेपाली सेनाका अवकाश प्राप्त जर्नेल हेम खत्रीको घरमा काखमा रहेकी एक बच्चामाथि लौरी बर्साएका थिए ।

उनले अवस्था सहज बनाउन आफुले हल्का बल प्रयोग गरेको स्वीकार गरेका थिए । उक्त घटना सामाजिक सञ्जालमा व्यापक भाइरल भएपछि पौडेलमाथि अनुसन्धान गर्न परिसरले एसपी सिंहकै नेतृत्वमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।