काठमाडौं - ग्रीन टी स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । समयसँगै परिवर्तन हुँदै पछिल्लो वर्षहरुमा ग्रीन टीको चलन ह्वात्तै बढेको छ । ग्रीन टी एक पटक मात्र सेवन गरे हुँदैन । नियमित ग्रीन टी पिउनाले तपाई/हाम्रो शरीरलाई निकै फाइदा गर्छ । तर, आवश्यकता भन्दा बढी ग्रीन टी पिउनु हुँदैन । 

यस्ता छन् नियमित ग्रीन टी पिउनुका फाइदाहरुः

– त्वचामा चमक ल्याउँछः

ग्रीन टीमा एजिङ तत्व पाइन्छ । जसको कारण ग्रीन टीको नियमित सेवन गर्नाले अनुहारको चाउरीपन विस्तारै कम हुँदै जान्छ । साथै अनुहारमा विस्तारै चमक आउँछ । 

– मानसिक शान्तिः

मानसिक रुपमा थकान महसुस भइरहेको समयमा ग्रीन टी सेवन गरियो भने ताजा बनाउँछ । ग्रीन टीमा थेनाइन तत्व पाइन्छ, जसबाट एमिनो एसिड बन्छ । एमिनो एसिडले शरीरलाई ताजगी बनाउन मद्दत गर्छ र मानसिक थकानबाट मुक्त गराईदिन्छ । 

– दाँतलाई मजबुद बनाउँछः

पछिल्लो समयका युवा जमातको दाँतमा पायरिया र क्याबिटीको समस्या बढिरहेरको हुन्छ । ग्रीन टीमा पाइने क्याफिनले दाँतमा लाग्ने किटाणुहरुलाई नष्ट गर्ने काम गर्छ । जसको कारण ब्याक्टेरिया कम हुँदै जान्छ र लामो समयसम्म दाँत सुरक्षित रहन्छ ।

– नर्मल ब्लड प्रेसरः

पछिल्लो समय अस्वस्थ खानपिन र ब्यस्त जीवनका कारण उच्च रक्तचापका पीडितहरु पनि धेरै छनैं । उच्च रक्ताचापका अन्य कारणहरु पनि हुनसक्छन् । यदि तपाई पनि उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने ग्रीन टी लाभदायी छ । ग्रीन टी पिउनाले रिस नर्मल हुन्छ ।

– वजन कम गर्नः

वजन कम गर्न ग्रनी टी निकै फाइदाजनक छ । ग्रीन टी पिउनाले शरीरको मोटाबलिज्म बढ्छ, जसका कारण पाचनक्रिया सुन्तुलित रहन्छ । यसो हुनाले अतिरिक्त वजन कम हुन्छ ।