काठमाडौं,एजेन्सी - दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणको  राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् ।

‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् ।

आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् ।