काठमाडौं - पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ ।

ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा सोमबर बिहान अचेत अवस्थामा भेटिएकी कार्कीलाई  स्टार अस्पतालले घटनास्थलमै मृत्यु भइसकेको बताएको थियो ।

पोस्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार कार्कीको मृत्युकाे कारण स्ट्रांगुलेसन (घाँटी थिचिएका कारण) हो। मृतकमा म्यासिभ हेड इन्जुरी देखिएको भए पनि मृत्युको कारण भने स्ट्रांगुलेसन नै हो ।

मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको देखिएको छ ।