धनुषा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह (कमल)को उम्म्देवारी खारेज गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले जानकारी दिए । किशोरीको २०८० मा नै कालोसूचीमा रहेको उजुरी परेको थियो ।

आयोगले आवश्यक अनुसन्धान गरी कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी विभिन्न मितिमा एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेको प्रमाण पुगेपछि उनको उम्मेदवारी नै खारेज गरिएको हो ।

फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । रास्वपाको प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्र मध्ये अब १६३ सिट मात्रै कायम छन् । मनाङमा रास्वपाको उम्मेदवारी नै परेका थिएन ।