विकासको गति बढाउनुस् : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 498
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने गरी विकासको गति पक्रिन नसकिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकलाई सम्बोधन गर्दै भने,‘जुन गतिका साथ विकासका काम अगाडि बढ्नुपर्ने हो, त्यो गति पक्रिन सकिएको छैन ।’
उनले विकास निर्माणका काममा ढिलासुस्ती हुँदा प्रतिफलसमेत ढिलो हुने चर्चा गर्दै भने,‘हाम्रो काम अत्यन्तै ढिलासुस्ती भयो । पुँजीगत खर्च अत्यन्त ढिलो भएको छ । वैदेशिक लगानीका आयोजनाहरू तीव्र गतिले अगाडि बढ्न सकेनन् ।’
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस