हरेक १० मानिसमध्ये एक जनामा संक्रमण भइसकेको हुन सक्छ : डब्ल्युएचओ
खबर एक्सप्रेस
२०७७-०६-२० १२:०६ मा प्रकाशित
Total Shares: 265
काठमाडौं ,एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताएको छ ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।
डब्लुएचओका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार अझै विश्वका धेरै क्षेत्रमा जोखिम कायमै छ ।
विश्वभर तीन करोड ५६ लाख भन्दा बढी मानिस संक्रमित भएको डब्लुएचओको तथ्यांक छ । तर, पुष्टि भएकाको संख्या भन्दा वास्तविक संक्रमितको संख्या कयौँ गुणा धेरै हुने विज्ञले बताउँदै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस