मंसिर ४ गते काठमाडौं उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय
काठमाडौं - मंसिर ४ गते काठमाडौं उपत्यकामा सवारी आवागमन बन्द हुने भएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म उपत्यकाको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सो दिन एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ
निर्वाचन आयोगले तोकेका बाहेक अन्य सवारी साधन सञ्चालन नहुने प्रजिअ उपाध्यायले बताए। त्यस्तै निर्वाचन अवधिभर मदिरा आरोपप्रसार र बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस