काठमाडौं - सर्वोच्च अदालतले पदीय हैसियत र प्रभाव हुने ‘शारीरिक सम्बन्ध’लाई पेसागत मर्यादा विरुद्ध भन्दै नेपाली सेनाका एक क्याप्टेन र सैनिकलाई दोषी ठहर गरेको छ ।

चेन अफ कमान्डमा रहने कर्मचारीबीचको सम्बन्धलाई ‘सहमतिको आधारमा’ हो भनेर मात्रै उन्मुक्ति दिन नमिल्ने भन्दै सवोच्चले चण्दीदल गणका क्याप्टेन भूपेन्द्र खड्का र उनकै मातहत कुचीकार पदमा कार्यरत सैनिकलाई सैनिक विशेष अदालतबाट तोकिएको सजाय सदर गरेको हो ।

आफू मातहत कार्यरत युवतीसँग बारम्बार शारीरिक सम्पर्क राखेको, विवाहितसमेत रहेकी ती युवती त्यही क्रममा गर्ववती भएको र उनलाई गर्भपतनका लागि भारत लैजाने सघाएको आरोप खड्कामाथि छ । 

 कान्तिपुर दैनिकबाट