सुटकेशभित्र फेला परेको शवको पहिचान खुल्यो
खबर एक्सप्रेस
२०७७-०४-२६ ०४:०८ मा प्रकाशित
Total Shares: 500
काठमाडौं - गत आइतबार राजधानीको गोंगबुस्थित गणेश स्थानमा सुटकेशभित्र बेवारिसे अवस्थामा छाडिएको शवको पहिचान खुलेको छ ।
ती मृतक व्यक्ति रोल्पाका कृष्णबहादुर बोहोरा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी शुशील कुमार यादवले बताए । उनको सुटकेशमा टाउको विनाको शव भेटिएको थियो । टाउको भने दुई सय मिटरको दुरीमा परेको थियो ।
उनको पहिचान हुन नसकेपछि यसअघि अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस