चुनाव अगाडि विशेष महाधिवेशन हुँदैन : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनभन्दा अगाडि महाधिवेशन हुन नसक्ने प्रष्ट पारेका छन् ।
मंगलबार केही पत्रकारहरूसँगको भेटघाटमा देउवाले महाधिवेशन पहिला गरिए पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने भन्दै यस्तो बताउका हुन् ।
निर्वाचनभन्दा अगाडि नै महाधिवशेन गर्ने भए पनि आफू बाधक नबन्ने उनले स्पष्ट पारे ।
देउवाले भने- ‘मुलुक चुनावमा गइसक्यो । यस्तो बेला विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ । निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्र प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’
पार्टीले निर्वाचन जित्न ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशनमा जाँदा आपसमा मतभेद र विभाजनसम्म हुने उनको भनाइ छ ।
साथै देउवाले १५औं महाधिवेशनमा विधानत आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरुलाई प्रोत्साहन मात्र गर्ने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस