भरतपुर महानगरमा रेनुको अग्रता कायमै
खबर एक्सप्रेस
२०७९-०२-०४ ०८:५४ मा प्रकाशित
Total Shares: 282
काठमाडौं ,भरतपुर - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६ हजार ४२६ मत गणना हुँदा रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले ६ हजार ५९३ मत प्राप्त गरेकी छिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस