काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार ७ सयले घटेर ८७ हजार रुपैयाँमा  कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८६ हजार ६५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ४० रुपैयाँले घटेर एक हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।