सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँड्ने पक्राउ
काठमाडौं,सुर्खेत - सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरी प्लास्टिकको झोलामा टाउको बोकेर हिँड्दै गरेको भेटिएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नियन्त्रणमा लिएको हो । आले श्रीमतीको टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
३० वर्षीया श्रीमती मिनालाई हँसियाले घाँटी रेटेर उनको टाउको छुट्याइ झोलामा बोकेर हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सालकोटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आलेमगर आफैं टाउको बोकेर प्रहरी चौकीतिर जाँदै गरेको बुझिएको छ । उनले श्रीमती मिनाको मंगलबार हत्या गरेका हुन् । प्रहरीले मिनाको शव उनकै घरबाट बरामद गरेको छ ।
एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका आलेले बयानमा आफूले विदेशमा कमाएको पैसा हिनामिना गरेका कारण श्रीमतीको हत्या गरेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस