नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०३-२२ ०४:५२ मा प्रकाशित
Total Shares: 329
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ५०३ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना देखिएको हो । योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या आरटीपीसीआर विधिबाट ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट ३९ हजार ९१० रहेका छन् ।
आज १ हजार ५६५ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २६३ जना संक्रमितको मृत्यु भइसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस