आजबाट अन्तर बैंक एटिएम सेवा लिँदा शुल्क लाग्ने
काठमाडौं - निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा अबदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जानकारी दिएको हो ।
कोरोनाभाइरसको नेपालमा पनि प्रभाव परेको बेलामा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले अन्तर बैंक एटिएम सेवा निःशुल्क गरेको थियो । सोही सेवा लिएवापत आजबाट शुल्क लाग्ने भएको हो ।
राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ । बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सःशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस