काठमाडौं - पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने Valentine's Day को अवसरमा एन आई सी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहकहरूको लागि 'celebrate Love with NIC AslA Bank' भन्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग (mobank), डेबिट वा क्रेडिट कार्ड, QR भुक्तानी तथा IPG Gateway च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले डिजिटल च्यानलमार्फत कारोबार गर्नुहुने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा vabntine's Day को दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

बैंकले मिति २०७७/१०/२८ गतेदेखि २०७७/११/०१ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत् Pos कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत एइक् द्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत छनौट डिनरको लागि समावेश गरिनेछ ।

योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहक महानुभावहरूलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्नुहुने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट भएका ग्राहकहरूको लागि उनीहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ । उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ । त्यसैगरी नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नुहुने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।