कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको रसिद फेला
खबर एक्सप्रेस
२०७६-०८-०५ ११:०० मा प्रकाशित
Total Shares: 976
काठमाडौं - कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकायरव्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।
भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि अभिलेखालयलाई बुझाइएको थियो । खोजीको क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको छ ।
राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगका अनुसार १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पैसाको तिरो बुझाएको प्रमाण भेटिएको छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस