बुढानिलकण्ठमा कांग्रेस र जसपाका नेताहरुबीच छलफल
खबर एक्सप्रेस
२०७७-०९-०४ ०६:५७ मा प्रकाशित
Total Shares: 258
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच भेटवार्ता भएको छ ।
शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो पुगेका हुन् ।
भेटमा कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत पनि सहभागी छन् । दुईपक्षबीच भेटमा संसदको विशेष अधिवेशन बोलाउन, हालै सरकारले ल्याएको अध्यादेश तथा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस