काठमाडौं,एजेन्सी - मलेसियामा संसद् विघटन गरिएको छ । मलेसियाली प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका हुन् । 

सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन् ।  राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन् । 

सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनले सम्बोधनका क्रममा बताएका छन् । 

उनले सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने समेत उल्लेख गरे ।