परराष्ट्रले भारतीय राजदूतलाई बोलाएर दियो ‘कूटनीतिक नोट’
काठमाडौं - परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई बोलाएर जानकारी लिएको छ ।
परराष्ट्र स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर 'कूटनीतिक नोट'समेत दिइएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले क्वात्रासँग सडकको बारेमा थप जानकारी लिएको जनाइएको छ ।
भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो। भारतको उक्त कदमलाई लिएर नेपालमा सदनदेखि सडकसम्म चर्को विरोध भैरहेको छ ।
यसअघि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको हस्तक्षेपकारी कदमको विरोध जनाएको थियो । भारतले भने कोभिड १९ को संकटपछि मात्रै कुराकानी गर्ने जवाफ नेपाललाई पठाएको छ । तर भारतको हेपाहा प्रवृत्तिविरुद्ध देशभर आक्रोश बढेको र सरकार घेरामा परेपछि परराष्ट्र मन्त्रालयले तत्कालै भारतसँग वार्ता गर्न चाहेको बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस