विप्लवलाई पार्टीबाट निकालियो, नयाँ संयोजक तोकिए बास्तोला
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएको छ ।
चितवनमा बसेको धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको भेलाले विप्लवलाई महासचिवको जिम्मेवारीबाट हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठनसमेत गरिएको छ । साथै भेलाले प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाइएकाे केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो ।
यसअघि विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले वली र बास्तोलालाई निष्कासन गरेको थियाे । उनीहरुमाथि जनक्रान्तिको भावना विपरीत बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको विप्लव समूहको आरोप छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस