काठमाडौं - जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आज काठमाडौं  आउने भएका छन्।

चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित अहिले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्ले लगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन् । त्यहाँ दिवाभोज गरेपछि उहाँ औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले उहाँसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनी आज साँझ नै चीन फर्कनेछन् ।