काठमाडौंको बसुन्धरामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०७-२३ ०८:०९ मा प्रकाशित
Total Shares: 240
काठमाडौं - काठमाडौंको बसुन्धरामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
बसुन्धारा सडकखण्डमा ना. ८ ख. १८४१ को ट्रकले बा. प्र ०२–०३२प२२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कास्कीको मादी ५ का ४७ वर्षीय बेलबहादुर राना मगर र उनकी श्रीमती ४१ वर्षीय कल्पना राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक चितवनको राप्ती नगरपालिका १ का राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस